सुनसरीमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुईको मृत्यु

सुनसरी ।
सुनसरी ईटहरी उपमहानगरपालिका १६ लायन्स चौक स्थित पुर्व–पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक ईनरुवा नगरपालिका २ का २५ बर्षीय सुसान्त भट्टराई र संखुवासभा चिचिला गाऊपालिका २ का २० बर्षीय बिबिसन बिक रहेका छन् ।

बुधबार राती सँवा ११ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले बिपरित दिसाबाट जादै गरेको को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटरमा सवार भट्टराई र बिक गम्भिर घाइते भएका थिए ।
गम्भिर घाईते भएका भट्टराई र बिकको उपचारको लागी न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको हो ।
ट्रक र ट्रक चालक मकवानपुर मनहरी नगरपालिका ९ का ३१ बर्षीय अर्जुन गिरी ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।