भैरहवा ग्ल्याडियटर्स इपिएलको दोस्रो क्वालिफायरमा

भैरहवा ग्ल्याडियटर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको दोस्रो क्वालिफायरमा पुगेको छ । भैरहवाले बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।

जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाउन सक्यो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो ।
फाइनल प्रवेशको लागि भैरहवाले बिहीबार दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग खेल्नेछ ।