२४ घण्टामा देशभर परिक्षण गरिएका मध्ये ६ प्रतिशतमा कोरोना

पछिल्लो २४ घण्टामा नेपालमा नौ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ४२ जनाको नमुना परीक्षण गर्दा ६ प्रतिशत अर्थात् नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९१ हजार दुई सय २४ पुगेको छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९८ हजार सात सय ६६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार चार सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा थप एक हजार एक सय १४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७१ हजार तीन सय ३८ पुगेको छ ।

यही अवधिमा थप ६ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय ८० पुगेको छ ।
अहिले नेपालमा १६ हजार दुई सय ४८ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ३५ जनाको आईसीयू र एक सय २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।