२९ दशमलव पाँच प्रतिशत नागरिकले लगाए पूर्ण मात्रा खोप

नेपालमा कुल जनसङ्ख्याको २९ दशमलव पाँच प्रतिशत नागरिकले कोरोनाबिरुद्धको पूर्ण मात्रा खोप लगाएका छन । अहिलेसम्म ६४ लाख नौ हजार एक सय ९६ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार आठ सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यस्तै कुल ३६ दशमलव चार प्रतिशत अर्थात् ७९ लाख १३ हजार पाँच सय ५५ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।