इपिएल : काठमाडौं र भैरहवाले अंक बाडे

एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सले अंक बाडेका छन । सोमबार भारी वर्षासँगै भिजेको आउटफिल्डको कारण मंगलबार काठमाडौं र भैरहवाबीचको खेल हुन नसकेपछि अंक बाँडेका हुन् ।

यो सँगै भैरहवा ग्ल्याडियटर्स तेस्रो भएको छ । ललितपुर प्याट्रियट्सको भने प्लेअफ पुग्ने सम्भावना सकिएको छ । अन्तिम दिनको खेल रद्द भएसँगै काठमाडौं चौथो हुँदै प्लेअफमा पुगेको छ । अब एलिमिनेटरमा तेस्रो भएको भैरहवा र चौथो भएको काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । योसँगै इपिएलको क्वालिफायरमा शीर्ष स्थानको चितवन टाइगर्स र दोस्रो स्थानको पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।