प्रतिबन्धित औषधी सहित उर्लाबारीबाट ३ पक्राउ

मोरङ ।
मोरङ उर्लाबारी नगरपालिका ५ स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटो का २४बर्षीय कृष्ण उराँउ, पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिब कुमार कार्की रहेका छन् ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधि ट्रामाडोल ४१७ क्याप्सुल र स्पास्पेइन ४१७ क्याप्सुल सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।