आफ्नै घरको बरन्डाबाट लडेर एकको मृत्यु

खोटाङ ।
खोटाङमा घरको बरन्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्रङ कि ६० बर्षीया कमला राईको लडेर मृत्यु भएको हो ।

आफ्नै घरको बरन्डाबाट लडेर गम्भिर घाईते भएकी राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।