घिरौला टिप्न रुख चढेका राईको लडेर मृत्यु

झापा ।
झापामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको हो ।

घिरौला टिप्न रुख चढेका राई रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो ।
घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।