झापामा निर्माणधिन घरको २ तलामाथिबाट खसेर एकको मृत्यु

झापा ।
झापामा निर्माणधिन घरमा पलम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ । कनकाई नगरपालिका ४ त्रिवेणीटोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरमा पलम्बरको काम गर्ने सोही नगरपालिका ३ का ६५ बर्षीय रुद्र अधिकारीको लडेर ज्यान गएको हो ।

सोमबार बिहान साढे ११ बजे काम गर्ने क्रममा २ तलाबाट खस्दा अधिकारी गम्भिर घाईते भएका थिए ।
घाइते भएका अधिकारीको उपचारको लागी बी एण्ड सी अस्पताल बिर्तामोडमा पु¥याउन साथ मृत्यु भएको थियो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।