इपिएल : पोखरासँग काठमाण्डौ पराजित

पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा काठमाडौं किंग्स इलेभेनलाई पराजित गरेको छ । डकवर्थ लेविस पद्धतिको आधारमा पोखरा १४ रनले बिजयी भएको हो ।

पोखरालाई जितको लागि ३० बलमा ४१ रन आवश्यक परेको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।
जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो । भारी वर्षासँगै पुन खेल हुन नसकेपछि पोखरा डकवर्थ लेविसको आधारमा विजयी भएको हो ।
यो जितसँगै पोखरा ५ खेलमा ३ मा जित र १ मा हार सहित ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।