कांग्रेस संखुवासभाको सभापतिमा दीपक खड्का विजयी

खाँदबारी ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत संखुवासभाको पार्टी सभापतिमा दीपक खड्का विजयी भएका छन् । सोमबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार खड्का जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

शनिबार उद्घाटन भएको जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि आइतबार मतदान भएको थियो । कुल खसेको १३५२ मतमध्ये खड्काले ११९८ मत प्राप्त गरे ।
यस्तै उपसभापतिमा रामकुमार जिमी (९१६), अनन्त गौली (६७०), सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।