साफ : नेपालले आज श्रीलंकासँग खेल्दै

नेपाली राष्ट्रिय फुटबल टोलीले आज साफ च्याम्पियनसिप २०२१ अन्तर्गत श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समयअनुसार रातको ९ः४५ बजे सुरु हुनेछ ।

नेपाल र श्रीलंका सन् २०१६ पछि पहिलोपटक आमाने–सामाने हुन लागेका हुन् । सन् २०१६ मा बंगबन्धु गोल्डकपमा भएको खेलमा नेपालले श्रीलंकासँग १–० को जित निकालेको थियो । त्यसअघि साफ च्याम्पियनसिप २०१५ मा भने नेपाल श्रीलंकासँग अन्तिम समयमा गोल खाँदै १–० ले पराजित भएको थियो । समग्रमा नेपालले श्रीलंकासँग १७ खेलमा तीन जित निकालेको छ । ८ खेल बराबरी खेल्दा ६ खेलमा हार बेहोरेको छ ।
नेपालले जारी प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको थियो । श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो ।