इपिएल : भैरहवाले चितवनलाई ६ विकेटले हरायो

भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै भैरहवा दोस्रो स्थानमा उक्लिदै गर्दै क्वालिफायर नजिक पुगेको छ ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको भैरहवाले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो ।
चितवन यसअघिनै क्वालिफायरमा पुगि सकेको छ । भैरहवाले अन्तिम खेलमा काठमाडौंसँग मंगलबार खेल्ने छ । उक्त खेलमा भैरहवा विजयी भएमा शीर्षस्थानमा रहँदै क्वालिफायर खेल्ने छ ।