इपिएल : चितवनले साविक बिजेता ललितपुरलाई हरायो

चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा साविक विजेता ललितपुर प्याट्रियटर्सलाई ५ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । लगातार चौथो जितसँगै चितवन पहिलो पटक इपिएलको क्वालिफायरमा पुगेकोछ । ललितपुर पराजित हुँदा भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोज प्लेअफमा पुगेका छन् ।
जितको लागि १ सय ९ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १७.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो ।
चितवन ४ खेलमा ४ मानै जित सहित शीर्ष स्थानमा छ ।