काठमाण्डौलाई हराए पनि बिराटनगर इपिएलबाट बाहिरियो

विराटनगर वारियर्सले काठमाडौं किंग्स इलेभेनलाई ७ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करण अन्त्य गरेको छ । आइतबार आफ्नो अन्तिम खेलमा विराटनगरले काठमाडौंलाई पराजित गर्दै पुछारमा रहेर बाहिरिएको छ ।

जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ८ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन बनायो ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो ।
यो जितसँगै विराटनगर ५ खेलमा ४ मा हार र १ मा जित सहित २ अंकका साथ पुछारमा रहेर बाहिरिएको छ ।