दुहवीमा बसले ठक्कर दिदा बेलबारीका पवनलालको मृत्यु

बेलबारी ।
सुनसरीमा बसले ठक्कर दिदा मोरङ बेलबारी ५ का एक जनाको मृत्यु भएको छ । बसले ठक्कर दिदा ज्यान गुमाउनेमा बेलवारी नगरपालिका–५ का ७२ बर्षीय पवनलाल चौधरी रहेका छन ।

दुहवी नगरपालिका–८ मा शनिवार साँझ साँढे ६ बजे ना ५ ख ४५१३ नम्बरको बसले बाटो क्रस गर्दै गरेका पैदल यात्री चौधरीलाई ठक्कर दिएको थियो ।
बसले ठक्कर दिदा घाईते भएका चौधरीकोे उपचारको क्रममा बिराट मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।