सर्पको टोकाईबाट झापामा एकको मृत्यु

झापा ।
सर्पको टोकाईबाट झापामा एक जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–१ भागडुब्बा निवासी ५५ वर्षीय मानबहादुर थापाको सर्पको टोकाईबाट ज्यान गएको हो ।

थापालाई उनकै घरको कोठामा शनिबार दिउँसो साढे १ बजे गोमन सर्पले डसेको थियो । सर्पले डसेपछि घाइते भएका थापाको उपचारका क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।