दुई फरार प्रतिबादी पक्राउ

चोरी मुद्दाको र बैदेशिक रोजगार ठगी कसूर मुद्धामा कसुरदार ठहरी फरार भएका २ जना प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरि अदालतमा पेश कारागार चलान गरेको छ ।
केही सार्वजनिक अपराध मुद्धामा मोरङ जिल्ला अदालतबाट मिति २०७२ चैत ११ गतेको सजाय निर्धारण फैसला आदेशले रु.२,०००÷– जरिवाना भई लगत नं.– ५६४९ र नकवजनी चोरी मुद्दामा मिति २०६८ भदौ २९ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १महिना २ दिन कैद तथा रु.६,०००÷– जरिवाना भई लगत नं.– ३५०९ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका मोरङ बिराटनगर महानगरपालिका ८ का ३४ बर्षीय अजय रायलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरि अदालतमा दाखिला गरेको तथा मोरङ जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसै गरी सुनसरी जिल्ला अदालतको मिति २०७२ चैत १ गतेको फैसला आदेशले क्रमशः ३ बर्ष कैद तथा रु.३,००,०००÷– जरिवाना भई लगत नं.– ७१८७ मा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका जिल्ला सुनसरी धरान उपमहानगरपालिका ९ घर भई हाल धरान ७ का ३४ बर्षीय रबिन बोगटीलाई पक्राउ गरि अदालतमा दाखिला गरेको तथा सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।