सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

सुनसरी ।
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहवी नगरपालिका–११ का ४५ बर्षीय ईश्वरचन माझी (चौधरी) रहेका छन ।

दुहवी नगरपालिका–१० मा शनिवार साँढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाईकल आफै अनितन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा मोटरसाईकल चालक चौधरी घाइते भएका थिए ।
घाइते भएका चौधरीलाई उपचारको लागी टिचिङ अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।