तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । लालीगुराँस नगरपालिका–४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र घाइते भएका अर्का एक जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा ज्यान गएको हो ।

लालिगुराँस नगरपालिका–५ का २२ बर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको हो । सोही ट्याक्टरमा सवार रहेका लालिगुराँस नगरपालिका–५ का १६ बर्षीय हिम बहादुर सार्की घाईते भएका थिए । घाइते भएका सार्कीलाई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।