हिंस्रक मानिएको मकुना मृत भेटियो

सुनसरी ।
सुनसरीमा एउटा हात्ती मृत भेटिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षमा बस्दै आएको मकुना नामको हात्ती मृत भेटिएको हो ।

एक वर्षअघि स्थानीय प्रशासनले मार्ने तयारी गरेको मकुना आइतबार सुनसरीको कोशी गाउँपालिका–३ स्थित आरक्ष कार्यालय नजिकै मृत भेटिएको आरक्ष प्रमुख अशोक रामले बताए ।
हिंस्रक भएका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले एक वर्षअघि मार्ने योजना बनाएको थियो । तर चौतर्फी विरोध भएपछि प्रशासन पछि हटेको थियो । उनका अनुसार हात्तीको मृत्युको करेन्ट लागेर भएको हो । धान खान गएका बेला धानबालीमा लगाइएको करेन्ट लागेको उनले बताए ।