मोरङका १७ मध्ये १५ स्थानीय तहमा संस्थापन इतर पक्षलाई नेतृत्व

बेलबारी ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा संस्थापन पक्षले १७ मध्ये २ स्थानीय तहमा मात्रै नेतृत्व पाएको छ । बाँकी १५ स्थानीय तहको नेतृत्व संस्थापन इतर पक्षले पाएको छ ।
निर्वाचन भएका १३ पालिकामध्ये धनपालथान र सर्वसम्मत हुनेमा जहदा गाउँपालिकामा मात्रै देउवा पक्षले नेतृत्व पाएको छ ।

विराटनगर महानगरपालिकाको नगर सभापतिमा दीपक चापागाई, कानेपोखरीमा योगेन्द्र दाहाल, बेलबारीमा छत्र लिम्बु, लेटाङमा दीपकचन्द्र राई, पथरीशनिश्चरेमा रुपनारायण भट्टराइ, सुनबर्सीमा कमलकिशोर सिंह, रंगेलीमा जगरनाथ मण्डल बिजयी भएका छन ।
त्यसैगरी सुन्दरहरैचा सभापतिमा भक्ति सिटौला, कटहरीमा रामकुमार कामत, मिक्लाजुङमा बबी राई, ग्रामथानमा तुलसी विश्वास, बुढीगंगामा जीतनारायण थापा, धनपालथानमा दीपकवीर पाण्डे बिजयी भएको काङ्ग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बुले जानकारी दिए ।
सभापति लिम्बुका अनुसार उर्लाबारीमा सुरेन्द्र लिम्बु, रतुवामाईमा पोष्टबहादुर बस्नेत, केराबारीमा प्रकाश बस्नेत र जहदामा महेन्द्रप्रसाद मण्डल सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् ।
चार वटा पालिकामा सर्वसम्मत र अरुमा निर्वाचनबाट नेतृत्व चयन भएको हो ।