बेलबारी कांग्रेसको नगर अधिवेसनमा नितुलाई ‘पपुलर भोट’


नेपाली कांग्रेस बेलबारीको नगर अधिवेसनमा भएको निर्वाचनमा नितु थापा कोइरालाले सर्वाधिक मत प्राप्त गरेकी छिन् । शनिबार भएको निर्वाचनमा सम्पुर्ण उमेद्वार मध्यै सबैभन्दा बढि १ सय ५३ मत प्राप्त गरेकी हुन् । कांग्रेस नगर समिति उपसभापति निर्वाचित भएकी नितु पदाधीकारी तर्फकी एकमात्रै महिला उमेद्वार थिइन् । नितुले प्राप्त गरेको मत सभापति निर्वाचित छत्र लिम्बुको भन्दा १७ मतले बढि हो । सो निर्वाचनमा सभापति निर्वाचित भएका लिम्बुले १ सय ३६ मत प्राप्त गरेका थिए भने अन्य उमेद्वारले त्यो भन्दा कम मत प्राप्त गरेका छन् । निर्वाचनमा जम्मा २ सय ३५ मत खसेको थियो । त्यसमध्ये २ मत पुर्ण रुपले बदर भएको निर्वाचन समितिले जानकारी दिएको
१ सभापति, २ उपसभापति , २ सचिव र २ सहसचिवका लागि भएको निर्वाचनमा जम्मा १४ जना उमेद्वार थिए । ती मध्ये १३ जना पुरुष उमेद्वार थिए भनेक नितु एकमात्रै महिला उमेद्वार थिइन् ।