बेलबारी कांग्रेसको सभापतिमा छत्र लिम्बु निर्वाचित


नेपाली कांग्रेस बेलबारी नगर सभापतिमा छत्र लिम्बु विजयी भएका छन् । नगर अधिवेसन अन्तर्गत शनिबार भएको निर्वाचनमा लिम्बुले अर्का प्रतिष्पर्धी शम्भु भट्टराईलाई ४२ मतले पछि पार्दै सभापति निर्वाचित भएका हुन् । लिम्बुले १ सय ३६ मत प्राप्त गरेका छन् । भट्टराईले ९४ मत प्राप्त गरे । लिम्बु र भट्टराई नेतृत्वको २ वटा प्यानल विच चुनावी प्रतिष्पर्धा भएको थियो । चुनावी प्रतिष्पर्धामा कोइराला समुहका लिम्बुले बाजी मारेका हुन् । लिम्बु नेपाल तरुण दल मोरङ क्षेत्रनम्बर ३ का सभापति पनि हुन भने भट्टराई कांग्रेस बेलबारी नगरका निर्वतमान सभापति हुन् ।
सभापतिमा कोइराला समुहका लिम्बु निर्वाचित भएपनि अन्य पदहरुमा भने मिश्रित परिणाम आएको छ । उपसभापतिमा लिम्बु समुहकी नितु थापा कोइराला र भट्टराई समुहका उपेन्द्र सुवेदी निर्वाचित भएका छन् । नितुले १ सय ५३ र उपेन्द्रले १ सय २१ मत प्राप्त गरे ।
यस्तै सचिवमा लिम्बु समुहका सन्तोस भट्टराई १ सय २६ मत सहित विजयी भए । भट्टराई समुहका जनक पोखरेल पनि १ सय १६ मत सहित विजयी भए ।
सहसचिवमा भट्टराई समुहबाट चुनाव लडेका विशाल ढकाल १ सय २९ मत सहित विजयी भए भने । लिम्बु समुहका बद्री विष्ट १ सय १४ मत सहित विजयी भए । नगर सदस्यहरु भने यसअघि नै निर्विरोध चयन भैसकेका थिए ।
निर्वाचित सम्पुर्ण उमेद्वाररुलाई आइतबार विहान निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिने प्रमुख मतदान अधिकृत चन्द्र भण्डारीले जानकारी दिए ।