इपिएल : चितवन प्लेअफमा

चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा लगातार तेस्रो जित निकाल्दै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । शुक्रबार चितवनले पोखरा राइनोजलाई ९ विकेटले हराउँदै दुई खेल अगावै शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो ।

जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १६.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।
चितवनले आफ्नो चौथो खेलमा आइतबार ललितपुरसँग खेल्नेछ । पोखराले शनिबार विराटनगरसँग खेल्नेछ ।