ईपिएल : बिराटनगरको लगातार तेश्रो हार

साविक विजेता ललितपुर प्याट्रियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको छ । इपिएल इतिहासकै सर्वाधिक ठूलो योगफल बनाएको ललितपुरले पहिलो जित निकाल्दै प्लेअफको सम्भावना कायमै राखेको छ ।

जितको लागि २ सय २७ रनको कीर्तिमानी विशाल विजयी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८९ रन बनायो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो । यो इपिएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यसअघि २०१८ मा भैरहवा ग्ल्याडियटर्सविरुद्ध पोखरा राइनोजले २ सय १५ रन बनाएको थियो । तर भैरहवाले उक्त लक्ष्य पूरा गर्नेक्रममा १९.४ ओभरमा ६ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो ।

विराटनगरको लगातार तेस्रो हारसँगै अघिल्लो चरणको सम्भावना अव अंकगणीतिय झिनो आशा मात्र बाँकी छ ।
विराटनगरले शनिवार पोखरा राइनोजसँग खेल्ने छ । ललितपुरले आफ्नो अन्तिम खेल चितवन टाइगर्ससँग आइतबार खेल्ने छ ।