परिक्षण गरिएका मध्ये नौ दशमलव १६ प्रतिशतमा सङ्क्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार सात सय ६५ जनाको नमुना परीक्षण गर्दा एक हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

परिक्षण गरिएका मध्ये नौ दशमलव १६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९५ हजार ६१ पुगेको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१ हजार पाँच सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यही अवधिमा थप नौ सय ११ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६५ हजार सात सय ५८ पुगेको छ ।
२४ घण्टामा १२ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा १८ हजार एक सय ६८ जना सक्रिय सङ्क्रमित रहेकोमा तीन सय ५३ जनाको आईसीयू र एक सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।