ईपीएल : भैरहवा र ललितपुरले अंक बाँडे

एभरेष्ट प्रिमियर लिग (इपिएल) को आजको खेलमा भैरहवा ग्ल्याडियटर्स र साविक विजेता ललितपुरबीचको खेल बराबरीमा सकिएको छ । दुवै टोलीको स्कोर बराबर भएपछि १–१ अंक बाँडेका छन् ।
खराब प्रकाशको कारण सुपर ओभर हुन नसकेपछि अंक बाँडिएको हो ।
जितको लागि १ सय ७८ रनको बलियो विजयी लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनाएपछि खेल ड्र भएको थियो ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो ।
शुक्रबार ललितपुरले विराटनगरसँग खेल्ने छ । भैरहवाले शनिवार काठमाडौं किंग्स इलेभेनसँग खेल्ने छ ।