२८ दशमलव नौ प्रतिशतले लगाए कोरोना बिरुद्धको खोप

नेपालमा कुल जनसङ्ख्याको २८ दशमलव नौ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६२ लाख ८५ हजार सात सय ४० जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै ७४ लाख ५६ हजार तीन सय ८४ जनाले पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा झन्डै तीन लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा दुई लाख ८९ हजार तीन सय ८१ जनालाई कोरोनाविरुद्धको खोप दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हिजो बुधवार पनि दुई लाख ८६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए ।