प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३–३, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा २९, सुन्दरहरैचामा ५, उर्लाबारीमा ४, केराबारी र कटहरीमा ३–३, बेलबारीमा २, रंगेली, रतुवामाई, कानेपोखरी, बुढीगंगा र ग्रामथानमा १–१, झापाको दमक र कनकाईमा ८–८, बुद्धशान्तिमा ७, विर्तामोडमा ६, भद्रपुर र मेचीनगरमा ५–५, अर्जुनधारामा ४, गौरादहमा ३, शिवसताक्षीमा २, बाहृदशी, हल्दिबारी र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २०, इनरुवामा ३, धरानमा २, रामधुनी र देवानगञ्जमा १–१, इलामको चुलाचुलीमा २ र इलाम नगरपालिकामा १, धनकुटाको पाख्रिबासमा २, धनकुटा नगरपालिकामा १, ताप्लेजुङ आठराई त्रिवेणी र तेहृथुमको मेन्छेयायेममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९६ महिला र ९५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोराना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।