ईपीएल : काठमाण्डौलाई हराउदै चितवन शीर्ष स्थानमा

एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा चितवन टाइगर्सले काठमाण्डौ किङ्ग्स इलाभेनलाई तीन विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा काठमाण्डौले दिएको एक सय ४२ रनको लक्ष्य चितवनले सात विकेट गुमाएर आठ बल बाँकी छँदै भेटायो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४१ रन बनायो ।
आजको जितसँगै चितवन चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ भने काठमाण्डौ दुई अङ्कसहित चौथो स्थानमा छ ।