कांग्रेस बेलबारीको सभापतिमा छत्र लिम्बुको उमेद्वारी घोषणा


नेपाली कांग्रेस बेलबारी नगरसमिति सभापतिका लागि छत्र लिम्बुले उमेद्वारी घोषणा गरेका छन् । कांग्रेसको भातृ संगठन नेपाल तरुण दल क्षेत्रिय सभापति रहेका लिम्बुले यहि असोज १६ गते हुनलागेको नगर अधिवेसनमा सभापतिका लागि चुनाव लड्ने घोषणा गरेका हुन् ।
बेलबारी १ स्थित कांग्रेसको पार्टी कार्यालयमा विहिबार पत्रकार सम्मेलन गर्दै लिम्बु नेतृत्वको समुहले उमेद्वारी घोषणा गरेको हो । कांगे्रस भित्रको कोइराला समुहबाट चुनावी प्रतिष्पर्धा गर्न लागेको सो समुहबाट उपसभापतिमा नितु थापा कोइराला र प्रकास चौधरी,सचिवमा कुलप्रसाद बराल र सन्तोस भट्टराई,सहसचिवमा बद्री विष्ट र मनिल मोतेले उमेद्वारी दिने भएका हुन् ।
उमेद्वारी घोषणा कार्यक्रममा बोल्दै लिम्बुले आफुहरुको समुहले भुगोल,जातिय तथा लंैगिक रुपमा पनि सबैको प्रतिनिधित्व र समावेसिता रहनेगरी उमेद्वारी तय गरेको दावी गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि रहेका कांग्रेस महासमिति सदस्य डाक्टर सुनिल प्रतिनिधिको संख्या,उमेद्वारको व्यक्तित्व जस्ता कारणले पनि लिम्बु नेतृत्वको समुहले चुनाव सहजै जित्ने दावी गरे । कार्यक्रममा कांग्रेस नेताहरु राजकुमार लिम्बु,नगेन्द्र जमर कट्टेल,मानबहादुर लिम्बुसहित विभिन्न वडाका निर्वाचित वडासभापतिहरु लगायतको उपस्थिति रहेको थियो ।
यो सँगै अब काग्रेस बेलबारीको सभापतिमा शम्भु भट्टराईले पनि उमेद्वारी दिने बताएका छन् । अब भट्टराई र लिम्बुविच प्रतिष्पर्धा हुने भएको छ । यसअघि राजेश खत्रीले सभापतिमा उमेद्वारी दिने बताएको भएपनि अहिले उनी पछि हटेका छन् । खत्रीले पनि लिम्बुलाई नै सभापतिमा समर्थन गर्ने र सघाउने भन्दै उमेद्वारी नदिने बताएका छन् ।