इपिएल : ललितपुरको लगातार दोस्रो हार

एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियटर्सलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि ५२ रनको सामान्य लक्ष्य पछ्याएको पोखराले ९.३ ओभरमा १ गुमाउँदै पूरा गर्यो ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो । भिजेको आउटफिल्डको कारण खेल सुरु हुन निर्धारित समय भन्दा दुइ घण्टा ढिलो हुँदा खेल ७–७ ओभरमा झारिएको थियो ।
पहिलो खेलमा पोखराले भैरहवा ग्ल्याडियटर्ससँग बर्षाको कारण १–१ अंक बाँडेको थियो । पोखराले तेस्रो खेल शुक्रबार चितवन टाइगर्ससँग खेल्ने छ । ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौं किंग्स इलेभेनसँग ७ विकेटले पराजित भएको थियो । तेस्रो खेल ललितपुरले बिहीबार विराटनगर वारियर्ससँग खेल्नेछ ।