इपिएल : बिराटनगर भैरहवासँग ६ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्सले विराटनगर वारीयर्सलाई ६ विकेटले पराजित गरेको छ । यस जितसँगै भैरहवा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
विराटनगरले प्रस्तुत गरेको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७.४ ओभरमा ८९ रनमा अल आउट भयो ।
यस जितसँगै भैरहवाले २ खेलमा ३ अंक जोडेको छ । पोखराविरुद्ध पहिलो खेल वर्षाले रद्द भएपछि १–१ अंक बाँडेका थिए । भैरहवा रन रेटमा समान ३ अंक जोडेको पोखरालाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । लगातार दोस्रो हार बेहोरेको विराटनगर भने अंकविहिन छ ।