खोप लगाउनेको सङ्ख्या १ करोड ३१ लाख नाघ्यो

यसैबीच नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ३१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख आठ हजार ९० मात्रा खोप लगाएसँगै खोप लगाउनेको सङ्ख्या एक करोड ३१ लाख ६६ हजार पाँच सय ९८ जना पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउनेमध्ये ६२ लाख पाँच हजार सात सय ७० जनाले पूर्ण मात्रा र ६९ लाख ६० हजार आठ सय २८ जनाले एक मात्रा खोप लगाएका छन् ।