२४ घण्टामा १ हजार १ सय ५८ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर एक हजार एक सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार तीन जनाको नमुना परीक्षण गर्दा एक हजार एक सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९३ हजार दुई सय ७१ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेको सङ्ख्या ९१ हजार एक सय आठ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार तीन सय १८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६३ हजार सात सय ३४ पुगेको छ ।

यही अवधिमा थप १२ जनासहित कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय १५ जना पुगेको छ ।

अहिले १८ हजार चार सय २२ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ६४ जनाको आईसीयू र एक सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।