इपिएलमा पछिल्ला ४ खेल स्थगित

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पछिल्ला ४ खेल स्थगित भएका छन । इपिएलमा मंगलबार हुने काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । सुरुमा भिजेको आउटफिल्ड र पछि वर्षासँगै खेल स्थगित भएको हो । सामान्य वर्षा र भिजेको आउटफिल्डको कारण स्थगित भएको चौथो खेल हो ।

यसअघि सोमबार दुबै खेल स्थगित भएका थिए । सोमबार पहिलो खेलमा काठमाडौं र विराटनगरबीचको खेल भिजेको आउटफिल्डको कारण स्थगित भएको थियो । सोमबारनै भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको दोस्रो खेल वर्षाको कारण स्थगित भएको थियो । आइतबार दोस्रो खेलमा पोखरा भैरहवाबीचको खेल वर्षाको कारण स्थगित भएको थियो । भैरहवा र पोखराबीचको खेल दुबै टोलीले अंक बाँडेका थिए । सोमबार स्थगित भएका दुबै खेल नयाँ मितिमा हुने छन् ।
शनिबारबाट सुरु भएको इपिएलमा दुई खेलको मात्र नजिता आएको छ । शनिवार पहिलो खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेको थियो । आइतबार पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो ।