चुनाव भएको ४ वर्षपछि पुनः मतगणना !

उच्च अदालत जनकपुरले महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को फेरी मतगणना गर्न आदेश दिएको छ । न्यायाधीशहरु हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको इजलासले फेरी मतगणनाको आदेश दिएको हो ।
आदेश अनुसार ७ कात्तिकमा बिहान ११ बजेदेखि मतगणना हुनेछ ।
मुद्दाका पक्षहरु र सम्बन्धित निर्वाचन अधिकृत र निर्वाचन कार्यालय समेतलाई मतगणनाको मिति र समयको जानकारी दिई फेरी मतगणना गर्न उच्च अदालतले आदेश दिएको हो ।
दोहो¥याएर मतगणना गरी पाउँ भन्दै वडा अध्यक्षका उम्मेदवार रमेश रायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले २१ असार २०७५ मा फेरी मतगणना गर्ने आदेश दिएको थियो । निर्वाचित भएका अरुणकुमार चौधरीले आदेश विरुद्ध सर्वाेच्च अदालतमा निवेदन दिएका थिए ।
सर्वाेच्चले ६ चैत २०७७ मा उच्च अदालतको आदेश सदर गरेको हो । सो आदेश कार्यान्वयनका लागि उच्च अदालतले फेरी मतगणनाको मिति तोकिदिएको हो ।
मतगणनाको नतिजा विरुद्ध मुद्दा दायर गरेका राय स्वतन्त्र उम्मेदवार दिए । राय र नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरीले समान ६७ मत पाएका थिए । दुवैको मत बराबर भएपछि गोलाप्रथा गर्दा चौधरी वडाध्यक्षमा निर्वाचित भएका थिए ।
रायको दाबी अनुसार, चौधरीलाई ६४ मत मात्रै आएको हो । निर्वाचनमा खटिएका कर्मचारीले बदर हुनुपर्ने ३ वटा मत मिलाइदिएर ६७ पु¥याइदिएको दाबी गर्दै मुद्दा दायर गरेका छन् ।