रतुवामाईमा सवारी दुर्घटना, एकको मृत्यु

मोरङ ।
मोरङ रतुवामाई नगरपालिका ८ आँमडाडा स्थित आँमबारी–उर्लाबारी सडक खण्डमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् ।

सोमबार बेलुका ८ बजे मे १ त ४४८७ नम्बरको ट्रयाक्टर र बिपरीत दिशाबाट आउदै गरेको प्र–३–०२–००२ प ४५८७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थानका २७ बर्षीय बिबेक पोखरेल र पछाडी सवार २८ बर्षीय यादव पाठक घाईते भएका थिए । घाइते दुवैको उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो । घाईते मध्ये यादव पाठकको उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको छ ।
ट्याक्टर र चालक रतुवामाई नगरपालिका २ का ३२ बर्षीय गणेश पासवान ईलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।