ब्राउन सुगर सहित झापाबाट २ पक्राउ

झापा ।
ब्राउन सुगर सहित झापाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङबाट लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् ।

सोमबार बेलुका पौने ५ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले साहको साथबाट ०.५ मिलि ग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । उनिहरुमाथि थप सोथपुछ गर्दा बिकाश मर्डीको बिर्तामोड १ स्थितमा रहेको डेराबाट समेत गरेर १४२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर, नगद रु. २ लाख ६९ हजार ३ सय, डिजिटल तराजु थान –१,क्यानन लेखेको डिजिटल क्यामेरा १ थान र प्र. १–०१–०१२ प ९५४५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ ।