प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७९, मोरङमा ४६, सुनसरीमा ४०, इलाममा ६, पाँचथर र धनकुटामा ३–३, उदयपुरमा २, ओखलढुङ्गा, ताप्लेजुङ, तेहृथुम, संखुवासभा, भोजपुर र खोटाङमा १–१ जनामा संक्रमण भएको हो ।

झापाको दमकमा १४, विर्तामोडमा १३, अर्जुनधारामा १०, मेचीनगरमा ९, कनकाई र कमल गाउँपालिकामा ७–७, शिवसताक्षीमा ६, भद्रपुरमा ५, बुद्धशान्तिमा ३, कचनकवल र झापा गाउँपालिकामा २–२, बाहृदशीमा १, मोरङको विराटनगरमा २४, सुन्दरहरैचामा ४, लेटाङमा ३, पथरीशनिश्चरे, कानेपोखरी, उर्लाबारी र मिक्लाजुङमा २–२, ग्रामथान, बुढीगंगा, सुनबर्षी, रतुवामाई, केराबारी, बेलबारी र रंगेलीमा १–१, सुनसरीको इटहरीमा ३१, धरानमा ६, रामधुनी, इनरुवा र बराहक्षेत्रमा १–१, इलामको इलाम नगरपालिकामा ४, सुर्योदय र चुलाचुलीमा १–१, पाँचथरमा ३, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, उदयपुरको त्रियुगामा २, ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका, ताप्लेजुङको स्थानीय तह नखुलेका, तेहृथुमको फेदाप, संखुवासभाको खाँदबारी, भोजपुरको पौवादुङ्मा र खोटाङको खोटेहाङमा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४६ महिला र १६१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।