नेपाल र ओमानबिच मैत्रिपुर्ण फुटबल आज राति

नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । साफ च्याम्पियनसिपको तयारीका लागि हाल कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल र ओमानबीचको खेल कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
नेपाली टोली कतारबाटै सोमबार माल्दिभ्स जानेछ ।
नेपालले यसअघि घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।
साफ च्याम्पियनसिपको १३औं संस्करण आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गते) सम्म माल्दिभ्समा आयोजना हुनेछ ।