खोटाङमा शुुरु भयो ‘विद्यालय नर्सिङ’ कार्यक्रम

खोटाङः विद्यालय नर्सिङ कार्यक्रम अन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ को सरस्वती माविमा विद्यालय नर्स कार्यक्रम शुरु भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को ‘विद्यालय नर्सिङ’ कार्यक्रमअन्तर्गत जिल्लाका सामुदायिक विद्यालयमध्ये सरस्वती माविमा सोमबार विद्यालय नर्स कार्यक्रम शुरु भएको हो ।

कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंलगायतले ब्यानरमा हस्ताक्षर गर्दै विद्यालय नर्स कार्यक्रम उद्घाटन गरे ।

जिल्लाकै नमूना विद्यालयका रूपमा स्थापित सो विद्यालयमा कक्षा २ मा अध्ययनरत ७६ वर्षीया जुरीमाया राईलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।