घुस लिँदालिँदै वडा अध्यक्ष पक्राउ

बिराटचोक : मोरङको जहदा गाउँपालिका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई घुस  लिँदालिँदै अख्तियार दुरुपयोग इटहरीको टोलीले आज पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट २१ हजार रुपैयाँ घुस बापतको रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो ।
सडक स्तरोन्नतिका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा साहले २१ हजार घुस मागेको आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए ।