ईपीएल उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले हरायो

काठमाडौं किंग्स इलेभेनले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सानदार विजयी सुरुवात गरेको छ । उद्धघाटन खेलमा शनिवार काठमाडौंले ललितपुर प्याट्रियट्र्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो ।

जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धाारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।
काठमाडौंले सोमबार विराटनगर वारियर्ससँग खेल्ने छ । ललितपुरले बुधबार पोखरासँग खेल्ने छ ।