ईपीएल टी–२० क्रिकेटमा पोखरा र भैरहवाले अङ्क बाँडे

वर्षाका कारण खेल प्रभावित हुँदा एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सले अङ्क बाँडेका छन् ।
आइतवारको त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १० ओभर १ बलमा सात विकेट गुमाएर ६५ रन बनाउँदा खेल वर्षाका कारण रोखिएको थियो । वर्षा नरोकिने अवस्था देखिएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका हुन् ।
भैरहवाले सोमबार चितवन टाइगर्ससँग खेल्ने छ । पोखराले मंगलबार काठमाडौं किंग्स इलेभेनसँग खेल्ने छ ।