सुनसरीमा छुरा प्रहार गरी छिमेकीको हत्या

सुनसरी ।
सुनसरी ईटहरी उपमहानगरपालिका –३ सुनौलो टोलका ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका छन् ।
शुक्रबार बेलुका साढे ४ बजे सामान्य घरयासी बादबिबाद हुँदा अधिकारीले थापाको छातीमा छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट गम्भिर घाईते भएका थापाको उपचारको लागी घोपा धरानमा पु¥याउन साथ मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटि गई हत्या गर्ने देवी प्रसाद अधिकारीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका अधिकारी समेत घाईते भएकाले प्रहरीको निगरानीमा उपचार भईरहेको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय ईटहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।