कोरोना खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख नाघ्यो

नेपालमा कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई लाख १६ हजार सात सय २५ मात्रा खोप लगाएसँगै नेपालमा कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख १४ हजार नौ सय ४१ जना पुगेको हो । यस्तै अहिलेसम्म ६५ लाख २८ हजार तीन सय ९२ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।