सुन्दरहरैचामा रुखको हाँगाले लागेर एकको मृत्यु

मोरङ ।
मोरङ सुन्दरहरैचा नगरपालिका ९ का ६३ बर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।
आज बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायीक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागेर दर्जी गम्भिर घाईते भएका थिए ।
दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।