१७ केजि गाँजा सहित एक महिला पक्राउ

मोरङ ।
मोरङ बिराटनगर महानगरपालिका १४ जतुवा कि २५ बर्षीया आरती देवी यादवलाई प्रहरीले लागूऔषध गाँजा सहित पक्राउ गरेको छ ।
शनिबार दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ केजि गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भए पश्चात आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।